Shikhar Insurance
National Life

श्रीलंकाको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्‍याे

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १७:०५
Hyundai
NCELL
NIMB

कोलम्बो । श्रीलंकाको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकमा आधारित श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको छ ।

एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ । श्रीलंकाको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ ।

सन् २०२३ को अन्त सम्ममा एकल–अंकको तथ्यांकमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्