काठमाडौं। । सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।
बैंकका ग्राहकहरूले आदर्शनगर, वीरगन्जमा अवस्थित क्याफे मोकाका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने छन । यसैगरी ब्राहम चोक, वीरगन्जमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरूमा पनि अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन् । साथै आदर्शनगर, वीरगन्जमा अवस्थित माल्ट एन्ड माल्ट प्रालिका सेवाहरूमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ८४ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ४१ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट करिब १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्