Shikhar Insurance
National Life

सामान्य अंकले बढेको सेयर बजारमा ४ कम्पनीका लगानीकर्ताले कमाए मनग्य

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो तिन कारोबारको दिन घटेको सेयर बजार यसदिन भने सामान्य अंक बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहिबार ४.७५ अंक बढेर २,०५५.५३ को विन्दुमा बन्द भएको छ । भने, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेर ३८५.८१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन सेयर बजार सामान्य अंकले बढ्दा ४ वटा कम्पनीको लगानीकर्ताहरुले मनग्य आम्दानी गरेका छन् । यसदिन तारागाँउ रिजेनसी होटल, ओरेन्टल होटल, कालिन्चोक दर्शन र बिपीडब्लू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, सिटी होटल र हिमालयन लाइफ इन्स्यारेन्सको ९.९८ प्रतिशत र सोल्टी होटलको ९.०७ प्रतिशत सेयर मुल्य बढेको छ । बाँकी कम्पनीको सेयर मुल्य ७ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको सिटीजन म्युचुअल फण्ड एक को मुल्य सबैभन्दा बढी ८.४१ प्रतिशतले घटेको छ ।

यसदिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । दिनभरीमा २७६ कम्पनकिो ८० लाख ८ हजार २४६ कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से १४.०५ अंक घट्दा ३ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कोरोबार भएको थियो । कारोबारमा आएको ७४ कम्पनीको सेयर मूल्य बढेको छ । १४७ कम्पनीको घटेको छ भने, ४ कम्पनीको सेयर मुल्य स्थिर छ ।

कारोबार रकमको आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । होटलको २९ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, हिमालयन डिस्टिलरीको १५ करोड २ लाख, शिवम् सिमेन्टको १४ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियल इन्स्यारेन्सको १३ करोड २३ लाख र सिटीजन इन्भेष्टमेण्ट १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ३.२४ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको २.७७ प्रतिशत बढेको छ। घटेका ९ उपसमूहमध्ये यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्