काठमाडौं । चिरख्वा हाईड्रोले १२ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता आईपीओ निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
आईपीओ निष्काशन सम्बन्धी सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरका तर्फबाट संचालक केदारनाथ कार्की र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन्।
कम्पनीले भोजपुर जिल्ला षडानन्द न.पा मा ४.७ मेगावाटको चिरख्वा हाईड्रो पावर निमार्ण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्