Shikhar Insurance
National Life

अपि पावर कम्पनीलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । यस अनुसार कम्पनीले अंकित मूल्य १०० रुपैयाँका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्