काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहिबार दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।
सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।
एकिकृत समाजवादी भित्र बजेट फेल गराउनुपर्ने भन्दै दबाव बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्