काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई यात्राको भाडा घटाएको हो ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा ९० ले घटेको छ ।
यसैगरी काठमाडौँ–भद्रपुरको रु तीन सय, काठमाडौँ–विराटनगरको रु दुई सय ४०, काठमाडौँ–धनगढीको रु चार सय ४५, काठमाडौँ–नेपालगञ्जको रु तीन सय २५, काठमाडौँ–भैरहवाको दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा तीन सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० ले कम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्