Shikhar Insurance
National Life

निरन्तर तेस्रो कारोबारको दिन घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० असार ६, बुधबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । सोमबार सामान्य अंकले घटेर बन्द भएको सेयर बजार निरन्तर तेस्रो कारोबारको दिन पनि ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.०५ अंक घटेर २०५०.७८ को विन्दुमा झरेको छ । त्यसैगरी ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०३ अंक घटेर ३८६.११ को विन्दुमा झरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा २७१ कम्पनीको ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से २६.५६ अंक घट्दा ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएको ४५ कम्पनकिो सेयर मूल्य बढेको छ भने, १७९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन सिटी होटलको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, सोल्टी होटलको ७.४४ प्रतिशत, विपीडब्लु लघुवित्तको ६.१० प्रतिशत, इनवाङ हाइड्रोपावरको ५.९८ प्रतिशत र एनआइबीएल ग्रोथ फण्डको मूल्य ५.६५ प्रतिशतले बढेको छ । बाँकी कम्पनकिो सेयर मूल्य ४ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको ग्रीन भेन्र्चसको मूल्य सबैभन्दा बढी ६.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनकिो २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, सोल्टी होटलको १९ करोड ३५ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्यारेन्सको १२ करोड ८१ लाख र सिटीजन इन्भेष्टमेण्ट ट्रस्टको १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखिदा होटल उपसमूहको सूचक भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.६२ प्रतिशतले घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्