Shikhar Insurance
National Life

पाटन अस्पतालमा विपन्न महिलाको उपचारका लागि सानिमा बैंकले सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ कार्यालय र १ सय २२ वटा एटिएम सञ्चालनमा छन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्