Shikhar Insurance
National Life

नबील बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबील बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौतापछि र्‍याडिसन होटलका ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।

उक्त सम्झौता अन्तर्गत नबील बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबील बैंकका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबील बैंकले हाल देशका ७ वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्