Shikhar Insurance
National Life

राष्ट्रपतिको छातीमा स्थायी पेस मेकर राखियो

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्