काठमाडौं । कनेक्टआईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । जसअनुसार प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरूलाई कनेक्टआईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।
उक्त अफरअन्तर्गत असार ५ गतेदेखि असार ३१ गतेसम्म रिफरले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफरले २५ रूपैयाँ र रिफरले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो । यसको मार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्