काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (असार ५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको सेयरमध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकि रहेको ७ लाख ३८ हजार ७५० कित्ता सेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्काशन गरेको आईपीओमा लगानीकर्ताहरुले असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोसेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबलबी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोमिख रहेको जनाउँदछ।
प्रतिक्रिया दिनुहोस्