काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामहरु नियमबमोजिम र पारदर्शी ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
अर्थ समितिको बैठकमा बोल्दै उनले नयाँ ब्रोकर लाइसेन्स दिन ढिला भइसकेको पनि बताए । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले मापदण्ड पुगेका सबैलाई लाइसेन्स दिने सुनिश्चितता गर्न पनि बोर्डलाई आग्रह गरे ।
उनले बोर्डमाथि ओभर साइट एजेन्सीहरु रहेको र गलत गर्दा जवाफ दिनुपर्ने पनि बताए । संविधान, कानुन र नियमावलीअनुसार काम गर्न पनि आग्रह गरे अन्यथा समितिले हेर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्