Shikhar Insurance
National Life

ताप्लेजुङ पहिरोः सेनाको हेलिकप्टरमार्फत घाइतेको उद्धार

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १७:१२
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ पुगे पनि भारी वर्षा र मौसमका कारण नीलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो । मौसममा केही सुधार आएसँगै हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । “उहाँसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमार मृत अवस्थामा फेला परेका छन्”, उनले भने।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । आइतबार सोही गाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले जानकारी दिए । उनका अनुसार राईको उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ । निरन्तर अविरल वर्षा भइरहेकाले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्