काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित अर्गेन हेल्थ कियरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत हेयर ट्रान्सप्लान्ट तथा हेयर फल ट्रिटमेन्ट, इटहरी, सुनसरीमा अवस्थित होटल पाथीभरा इन्टरनेसनलका सेवाहरुमा १० प्रतिशत मैतीदेवी काठमाडौंमा अवस्थित बुंग्ल लाउज तथा बारका सेवाहरुमा १५ प्रतिशत लाजिम्पाट, काठमाडौंमा अवस्थित यल्लो हात्तीका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी ६, सुनसरीमा अवस्थित बर्गरहाउसका सेवाहरुमा अधिकतम १० प्रतिशत र मैतीदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउसका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्