Shikhar Insurance
National Life

घोराही सिमेन्टको आईपीओ रोक्न धितोपत्र बोर्डको निर्देशन

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ रोक्न निर्देशन दिएको छ। बोर्डको आज बसेको बैठकले कम्पनीको आईपीओ बिक्री स्थगन गर्न निर्देशन दिएको हो ।

बोर्डले आज आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई पत्राचार गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डको निर्देशनमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भएरनभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२र३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्