Shikhar Insurance
National Life

साेमबार नेप्सेमा इङ्वा हाइड्रोपावरको ६० लाख कित्ता सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा इङ्वा हाइड्रोपावर लिमिटेडको सेयर साेमबार सूचीकृत भएको छ । उक्त कम्पनीको ६० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि (वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरु) समेत १८ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी  जम्मा  ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर कम्पनीको सेयर भाेलि (मंगलबार)देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्