काठमाडाैं । इसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। इसेवा मनी ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।
सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए । इसेवा मनी ट्रान्स्फर र लुलु मनीबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यो सम्झौता सँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनी ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
लुलु मनीबाट पठाएको रेमिट्यान्स इसेवा मनी ट्रान्स्फरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रूपैयाँ बोनससमेत प्राप्त गर्न सकिनेछ।
इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, “लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवामार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरैभन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारी रहनेछ”।
प्रतिक्रिया दिनुहोस्