Shikhar Insurance
National Life

व्यापक बिरोधका बीच बलिउडका सबै रेकर्ड तोड्दै आदिपुरुष, दुई दिनकै कमाई २ अर्ब ४० करोड

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । बाहुबली स्टार प्रभाषको शिर्ष भूमिका रहेको रामायण आधारित आदिपुरुष चलचित्रले व्यापक बिरोध र आलोचनाका बावजुद बलिउडका सबै जसो रेकर्डहरु तोडिरहेको छ । यो फिल्मले पहिलो २ दिनमै २ अर्ब ४० करोड भारुको व्यापार गर्न सफल रह्यो । बलिउड सुपरस्टार साहरुख खानको पठानले पहिलो दुई दिनमा जम्मा १ अर्ब २७ करोड भारु मात्रै कमाएको थियो । त्यसरी हेर्दा आदिपुरुषले बलिउडका सबै पुराना रेकडैहरु तोडिदिएको छ ।

समिक्षकहरुको नकारात्मक रेटिङ र फिल्म हेरिसकेपछि दर्शकहरुको पनि नकारात्मक प्रतिक्रियाका वावजुद आदिपुरुष हेर्न दर्शकहरु सिनेमाघरहरुमा लाइन लागिरहेका छन् । भारतका थुप्रै राज्यहरुमा फिल्ममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै नाराबाजी भैरहेको छ । राजनीतिक दलका कार्यकर्ताहरुले पनि आदिपुरुषको बिरोध गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आम आदमी पार्टीले आदिपुरुषले हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाएको छ । भारतीय जनता पार्टीले सस्तो लोकप्रियताका लागि आदिपुरुषलाई चल्न दिएको आरोप पनि आपले लगाएको छ । भाजपा दिल्लीका प्रवक्ता शंकर कपुरले फिल्मको विवादित सम्वाद र दृश्यहरुमाथि पुनः समिक्षा नभएसम्म चलचित्र सेन्सर बोर्डले प्रशर्दनमा रोक लगाउनुपर्ने माग गरेका छन् ।

छत्तिसगढ राज्यमा फिल्म विरुद्ध प्रदर्शन भैरहेको छ । हिन्दु सेना नामको एक संगठनले फिल्म माथि प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली हाइकोर्टमा रिट दायर गरेको छ ।

चलचित्र पठानले पनि प्रदर्शनमा आएको केहि दिनसम्म व्यापक बिरोधको सामना गर्नु परेको थियो । सबै अवरोधहरुलाई चिर्दै पठानले बलिउडका सबै रेकर्ड ब्रेक गरेर १० अर्ब ५० करोड भारुको व्यापार गरेको थियो ।

चलचित्र विश्लेषक तरुण आदर्शका अनुसार आदिपुरुषले पहिलो दिन इण्डियन बक्स अफिसबाट ३७.२७ करोड भारुको कारोबार गरेको थियो । विवादहरुका कारण फिल्मको व्यापार झनै बढेको बताउनेहरु पनि छन् भने विवादले व्यापार घटाएको बताउनेहरुको संख्या पनि कम छैन् ।

नेपालमा पनि विवाद
आदिपुरुषको एउट डायलगमा ‘सिता भारतीय छोरी हुन’ भन्ने वाक्यांशको नेपालमा पनि व्यापक बिरोध भयो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फिल्मको मुल अंशबाट सो शब्द नहटेसम्म नेपालमा हिन्दी चलचित्रहरु नै चल्न नदिने घोषणा गरे । चलचित्र सेन्सर बोर्डले सो शब्द हटाएर फिल्म चल्न दिने निर्णय गर्यो । तर बालेन्द्रले चलचित्रको मुल अंशबाटै त्यस्तो शब्द हट्नुपर्ने अडान राखेका छन् । उनले त्यस्तो सच्याउने काम नभएसम्म काठमाडौंमा भारतीय फिल्म चल्न नदिने भनिसकेका छन् । उता, पोखरा महानगरपालिकाले पनि बालेनलाई साथ दिँदै ‘सिता भारतीय छोरी हुन्’ भन्ने बाक्य नहटाएसम्म पोखरामा पनि हिन्दी फिल्म चल्न नदिने निर्णय गरिसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्