Shikhar Insurance
National Life

संसदमा उठ्यो पब्जी बन्द गर्नुपर्ने आवाज

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । संसदमा अनलाइन गेम पब्जी बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधी सभाका सदस्य राम प्रकाश चौधरीले पब्जी गेम बन्द गर्नुपर्ने माग राखेका हुन् । सोमबार संसदको शुन्य समयमा बोल्दै उनले बालबालिाकाहरुलाई काटमार सिकाएको भन्दै पब्जी गेम तुरुन्त बन्द गर्न माग गरेका हुन् ।

‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस्, आज हाम्रा बालबालिका ठोक ठोक, मार मार भन्दा भन्दै पागल जस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस’, सांसद चौधरीले भने । सर्लाही १ बाट लोसपाका तर्फबाट निर्वाचित चौधरीले मधेशका जनताले सिमापारीबाट एक सय रुपैयाँको समान पनि ल्याउन नसक्ने अवस्था रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्