काठमाडौं । लक्ष्मी बैंकको आइतबार विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धत पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्