काठमाडाैं । नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम सङ्कलन गर्न सहयोग पुर्याउने कोषले जनाएको छ ।
योसँगै आर्थिक वर्ष २०८०र८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्