काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटक-पटक विद्युत आउने जाने गरेको उनले बताए ।
केही क्षेत्रमा प्राविधिक कारणले विद्युत गएको हो । तर, सञ्जालमा भएको हल्ला भए जस्तो भारतलाई बेचेर नेपालमा लोडसेडिङ गरिएको हल्ला झुटो भएको नेपाल विद्युत प्राधिकरणका कर्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
उनले नेपालमा अहिले पिक टाइमभन्दा बेगरको समयामा खेर जाने विद्युत मात्र भारत निर्यात गरिएको हो । नेपालमा काटेर भारत निर्यात गरेको हैन घिसिङले भने । उनले नेपाली जनता र यहाँका उद्याेगलाई नै पहिलो रुपमा विद्युत दिने र त्यसबाट बचेकाे विद्युत मात्र भारत निर्यात गरिएको प्रस्ट पारे ।
नेपालमा प्रसारण लाइनको क्यापसिटीलगायतका अन्य प्राविधिक कारणले नेपाला विद्युत वितरणमा समस्या आएको हो । तराईमा गर्मीका कारण डिमाण्ड अत्याधिक बडेर सिस्टममा केही समस्या देखिएको कारण अनियमितता भएको हो ।
तराईमा एसी तथा इस्टील आइरन इन्डस्ट्रीका कारण भोल्टेजमा फक्चुएसन आएर सिस्टम ट्रिप भएको हो । समस्याको पहिचान भएर सामाधान पनि भइसक्यो अब समस्या आउँदैन ।
प्रतिक्रिया दिनुहोस्