Shikhar Insurance
National Life

एमजीका विद्युतिय गाडी किन्नेलाई प्रभु बैंकले ‘प्रतिष्पर्धी ब्याजदर’मा ऋण दिने

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । एमजी मोटर्सका सवारी साधन खरिद गर्नेहरुलाई प्रभु बैंकले प्रतिष्पर्धी ब्याजदरमा ऋण दिने भएको छ । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच भएको विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता अनुसार एमजीका गाडी किन्नेहरुले प्रतिष्पर्धी ब्याजदरमा ऋण पाउने भएका हुन् । नेपालमा पारामाउन्ट मोटर्स प्रालीले एमजीका सवारी साधनहरु आयात तथा बिक्रि गर्दै आईरहेको छ । त्यस्तो सम्झौता पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरे ।

अब प्यारामाउण्ट मोटर्सले आयात गरेका एमजी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्