काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले सपथ ग्रहण गरेका छन् । कम्पनीको जेठ ३२ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित भएका थिए । साधारण सभापछि सोहि दिन बसेको सञ्चालक समितिको १२३ औं बैठकले कुनाल कयाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
अध्यक्ष चयन भएको भोलिपल्टै अर्थात असार १ गते कयाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सपथ ग्रहण गराएका हुन् । बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम कम्पनीका अध्यक्षले प्राधिकरणका अध्यक्षबाट सपथग्रहण गर्नुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्