Shikhar Insurance
National Life

सरकारको विपद् कोषमा ६ अर्ब मौज्दात

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १२:२९
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रूपैयाँ रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको ६ अर्ब तीन करोड १२ लाख ९५ हजार रूपैयाँमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा तीन अर्ब १० करोड ६७ लाख १७ हजार रूपैयाँ मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार रूपैयाँ छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख रूपैयाँ तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रूपैयाँ रकम रहेको जनाइएको छ ।

यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्