Shikhar Insurance
National Life

सन‍‌‍‌‌‍‌‍‍राइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको सुरु

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकतम बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । आज एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् ।

बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपाेजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवाअन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मासमेत हुने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफैं क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङअन्तर्गत जम्मा हुनेछ ।

साथै ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै केआइआेएसके मसिनबाट प्राप्त गर्न सक्नेछन् । बैंकले क्यास डिपाेजिट मेसिन ( सीडीएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र Cheque Deposit Kiosk सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्