काठमाडौं। नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ‘आइएमई’ र ‘आइएमई पे’ ले आर्थिक सहयोग गर्ने भएको छ ।
श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वका सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रे अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ।
फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन्।
प्रतिक्रिया दिनुहोस्