Shikhar Insurance
National Life

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १०:५४
Hyundai
NCELL
NIMB

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए। “ ९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं”, उनले भने, “उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्