Shikhar Insurance
National Life

प्रभु बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टलबाट इलेक्ट्रिक भेहिकल किन्नेलाई सर्वसुलभ कर्जा दिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडाैं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच सम्पन्न उक्त सम्झौताअनुसार लक्ष्मी कन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको देशभर रहेको ३ सय १ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्