Shikhar Insurance
National Life

बुधबार नेप्से १६.४२ अंकले बढ्याे, कारोबार रकम ५ अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा बुधबार पनि दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.६ अंक कायम भएको छ ।

आज २ सय ७५ वटा कम्पनीको १ करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता सेयर ७९ हजार ४ सय ६१ पटक खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बिमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ३६.२१, वित्त १५.८९, होटल तथा पर्यटन ४३.१६, लगानी ०..३९, निर्जीवन बिमा ६७.२७ र लगानी समूह २०.०९ अंकले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बिमा समूह एक सय ६४.६६ अंकले बढेको छ । त्यसैगरी, बैंकिङ १५.७४, जलविद्युत् १२.६, उत्पादन तथा प्रशोधन ३४.१६, लघुवित्त ६५.१, म्युचुअल फन्ड ०.१ र अन्य समूह ३२.९० अंकले बढेको छ ।

आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै २८ करोड १७ लाख ८ हजार ८ सय ४२ रूपैयाँ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता सेयर किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्