Shikhar Insurance
National Life

नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकहरुले नेपाल पे क्यूआरमा आबद्ध हुन सक्छन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरुमार्फत क्यूआर र पेको सुविधा उपलब्ध रहेको छ ।

विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

धेरैजसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । नेपाल पे क्यूआर बाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने प्वाइन्टमा गई नेपाल पे लोगो लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्