Shikhar Insurance
National Life

अब केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्ने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार ११:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । हाम्रो गिफ्ट्सले सेवालाई थप विस्तार गरेको छ । जसअनुसार सेवालाई विश्वसनीय बनाउँदै देवयानी इन्टरनेसनल नेपालसँग सहकार्य गरेको छ । यसले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउन सक्ने जनाइएको छ । देवयानी इन्टरनेसनलले नेपालमा भएका केएफसी र पिज्जा हटका फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ।

यसै प्रक्रिया अनुरूप देवयानी इन्टरनेसनल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारीपश्चात् विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई केएफसी र पिज्जा हटका परिकारहरू हाम्रो गिफ्टको नेटवर्कमार्फत पठाउन सक्नेछन् । यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझनजिक बनाउने विश्वास लिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने व्यक्तिहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए ।

“यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको बातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ “ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्