Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेशन योजनाः दर्जनौं उपहार र क्यास ब्याक सुबिधा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पु¥याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० असार मसान्तसम्म सञ्चालन हुनेछ । सो समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू यस योजनामा समावेश हुनेछन् । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको बैंकले क्युआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।

योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इण्डष्ट्रीजको तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक क्याफेको तर्फबाट १० वटा नन–भेज बिबिक्युको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकर, ब्रेक फास्ट मेकर तथा ह्याण्ड ब्लेण्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्चर ग्रिण्डर, इन्डक्सन कुकर तथा ड्राई आइरनको व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले ट्रिंक्वीलीटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ । यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार यस बैंकले राखेको फोनपे क्युआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्युआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी २०० भन्दा माथिको भुक्तानी लिँदा कुल १०० क्यासब्याक प्राप्त गर्नेछन् ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको छ । बैंकले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्