जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ २ अर्ब ३७ करोड रूपैयाँ बढी रकम विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख रूपैयाँ रकम विनियोजन गरिएको हो ।
विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि ३८ करोड ५४ लाख रूपैयाँ रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला गाउँपालिकाका लागि ३१ करोड ९० लाख रूपैयाँ र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई २१ करोड ६६ लाख रूपैयाँ विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।
त्यस्तै, तातोपानी गाउँपालिकालाई ३१ करोड पाँच लाख रूपैयाँ, कनकासुन्दरी गाउँपालिकालाई २९ करोड ३६ लाख रूपैयाँ, हिमा गाउँपालिकालाई २९ करोड ७१ लाख रूपैयाँ, पातारासी गाउँपालिकालाई २६ करोड ८१ लाख रूपैयाँ र सिञ्जा गाउँपालिकालालाई २८ करोड १९ लाख रूपैयाँ रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपूरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्