Shikhar Insurance
National Life

४० अंक बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि बढेको सेयर बजार आज पनि सोहि क्रमलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ४०.४८ अंक बढेर १,९८०.०९ को विन्दुुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको सेयर मापक सेन्सेटभ इण्डेक्स पनि ६.१० अंक बढेर ३७०.५२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको घटेको छ भने, ५ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार भुगोल इनर्जि डेपलपमेण्ट कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । कम्पनकिो सेयर १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ ३० पैसा बढेर २४५ रुपैयाँ ३० पैसा पुगेको हो ।

त्यसैगरी, सिटी होटलको ९.९९ प्रतिशत, गुह्यश्वरी मर्चेन्ट बैंकको ८.७० प्रतिशत, रिलाइन्स फाइनान्सको ८.३६ प्रतिशत र सिटिजन इन्भेष्टमेण्टको ८.३१ प्रतिशत सेयर मूल्य बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ८.२४ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको ग्लोबल आइएमई ब्यलेन्स फण्ड १ को मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सिटीजन इन्भेष्टमेण्ट ट्रस्ट शीर्ष स्थानमा छ । कम्पनीको ११ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, शिवम् सिमेन्टको १० करोड ८७ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६८ लाख, नेपाल टेलिकमको ८ करोड १२ लाख र नेपाल रिइन्स्यारेन्सको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्