Shikhar Insurance
National Life

विदेशमा भिल्ला किन्नेहरुको खोजी गर्दै राष्ट्र बैंक, यसरी हुँदैछ ‘क्यापिटल फ्लाइट’

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । जेठ २३ गते मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर केहि कार्यकारी निर्देशकहरुसहित बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्षहरु होटल याक एण्ड यतिमा छलफलमा बसेका थिए । मध्यान्ह १ बजे सुरु भएर साँझ पाँच बजेसम्म चलेको छलफलमा   दोहोरो कुराकानी भएको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुले अहिले भोगिरहेका समस्या, समाधानका उपाय र भावी रणनीतिबारे छलफल गर्न अध्यक्षहरुलाई डाकिएको थियो । तर गभर्नर महाप्रसाद अधिकारीले केहि सम्वेदनशिल बिषयहरुको उठान गरेपछि अध्यक्षहरुबीच मुखामुख चल्यो । गभर्नर अधिकारीले त्यसरी उठाएको बिषय थियो, क्यापिटल फ्लाइट अर्थात पुँजी पलायन र व्यवसायीहरुले विदेशमा खरिद गरेका भिल्लाहरु ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्नेमा गभर्नरको जोड थियो । गभर्नर अधिकारीले ब्याजदरबारे आफ्ना धारणा राख्दै गर्दा भने–‘बजारले एकल अंकको ब्याजदर मागिरहेको छ, तपाईंहरुमध्ये पनि केहीले यही भनिरहेको सुन्छु, त्यस्तो भयो भने त क्यापिटल फ्लाइट हुन्छ, हामी सचेत हुनुपर्छ, एकल अंकको ब्याजदर भनेर मात्रै हुन्न, त्यसले ल्याउन सक्ने जोखिमबारे पनि हेर्नुपर्छ ।’

गभर्नर अधिकारी त्यतिमै रोकिएनन्, आफुले केहि गम्भिर सूचना प्राप्त गरेको र त्यसबारे अध्ययन भैरहेको पनि बताए । त्यो सूचना थियो केहि व्यवसायीहरुले दुबईसहित विदेशमा भिल्लाहरु खरिद गरेको प्रशंग ।

नेपाल राष्ट्र बैंकले भन्योः विदेशमा घर जग्गा र भिल्ला नकिन्नु, नत्र कारवाही हुन्छ


गभर्नर अधिकारीले न्यून भन्सार दर भएका वस्तुहरुको अधिक मूल्य राखेर एलसी खोली पुँजी पलायन गराइरहेको र विदेशमा भिल्ला खरिद गरेका सूचनाहरु आफूसँग रहेको बताए । ‘अधिक विजकीकरण गरेर बाहिर पैसा पठाउने अनि महंगा महंगा भिल्लाहरु उतै खरिद गरिएका सूचनाहरु हामीले पाईरहेका छौं, त्यसबारे हामी गम्भिर रुपले अध्ययन गरिरहेका छौं’, गभर्नर अधिकारीको भनाई उदृत गर्दै छलफलमा सहभागी एक बैंकका अध्यक्षले सिंहदरबारसँग भने । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पनि केहि व्यवसायीहरुले दुबईमा भिल्ला खरिद गरेको सूचना आफुसँग रहेको र त्यसबारे थप अध्ययन गर्ने बताएका थिए ।

राजश्व अनुसन्धान विभागले समेत केहि व्यवसायीहरुलाई बोलाएरै विदेशमा भिल्ला खरिद गरेकोबारे बयान लिएको थियो तर त्यसलाई सामसुम पारिएको थियो । गभर्नर अधिकारीले बैंकका अध्यक्षहरुलाई सचेत गराउँदै अघि थपे–‘न्यून भन्सार दरका वस्तुहरु आयात गर्न अधिक दर तोकेर विदेश पैसा पठाउने र दुबई तिर भिल्ला किनेको सूचना हामीसँग छ, त्यसको अध्ययन भैरहेको छ, हामीले त्यत्तिकै छाड्ने कुरा हुन्न, तपाईहरु पनि सचेत हुनु होला ।’

गभर्नर अधिकारीले कतिपय बैंकहरुले सम्पति शुद्धिकरणमा खेलाँचीका रुपमा लिएकाले भन्दै गम्भिर बन्न निर्देशन समेत दिएका थिए ।

पछिल्लो समय नेपालका दर्जनौं उद्यमी व्यवसायीहरुले दुबईमा भिल्ला खरिद गरेको आरोप लाग्दै आएको छ । सरकारले त्यसरी भिल्ला खरिदका लागि पुँजी पलायन गराउने व्यवासयीहरुमाथि छानविनका लागि बिशेष टास्क फोर्स नै गठन गर्ने तयारी गरेको पनि स्रोत बताउँछ ।

बिशेष गरि समान आयातका लागि अधिक मूल्य तोकेर पैसा बाहिर पठाउनेहरुमाथि भन्सार, राजश्व अनुसन्धान र राष्ट्र बैंक मिलेर बिशेष निगरानी भैरहेको छ ।

यस अघि नै २०७९ पुस २९ गते राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर नेपाली नागरिकहरुलाई विदेशमा घर, जग्गा, सेयर कारोबार लगायतमा रोक लगाईएकाले त्यस्तो क्षेत्रमा लगानी नगर्न भनेको थियो । केहि व्यवसायीहरुको संलग्नतामा राजधानी काठमाडौंको सोल्टी होटलमा दुबईमा अपार्टमेन्ट तथा भिल्ला खरिदका लागि मेला नै लगाइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्