Shikhar Insurance
National Life

मौद्रिक नीतिमा विश्व बैंकको चासो: दबावमा होइन, आवश्यकता हेर्नु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २७, शनिबार ०९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा विश्व बैंकले चासो देखाएको छ । विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर आगामी मौद्रिक नीतिबारे चासो देखाएका हुन् ।

लचिलो मौद्रिक नीतिका पक्षमा अर्थमन्त्रीसहित बिजनेश कम्युनीटीले दबाव दिईरहेका बेला विश्व बैंक दक्षिण एशियाका उपाध्यक्षले गभर्नरसँग भेट गर्नुलाई अर्थपूर्ण रुपले पनि हेरिएको छ । सो भेटमा उनीहरूबीच मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराएका थिए ।

विश्व बैंक दक्षिण एशियाका उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखेका थिए ।

नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवर्द्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखे ।

भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरू उपस्थित थियो ।
त्यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्ट्रेलकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतका अधिकारीको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्