Shikhar Insurance
National Life

अन्ततः एक महिनाभित्रै एक हुने भए प्रभु–महालक्ष्मी, कस्तो होला कम्पनी ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २७, शनिबार ०८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयको रस्साकस्सीपछि प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एक हुने टुंगो लागेको छ । जेठ २६ गते दुबै कम्पनीका बिशेष साधारण सभाहरुले मर्जरमा जाने निर्णय पास गरेका छन् ।

मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाईफ राख्ने समझदारी बनिसकेको छ । प्रभु र महालक्ष्मीले एक बराबर एक कित्ताको स्वाप रेसियोमा मर्जरमा जाने निर्णय लिएका थिए, त्यसलााई डीडीए मार्फत अनुमोदन गराउँदै बिशेष साधारण सभाबाट पास गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुबै कम्पनीका साधारण सभाले असार महिनाभित्रै एकिकृत कारोबार थालिसक्ने उद्घोष गरेका छन् ।

महालक्ष्मी लाइफका रमेश कुमार भट्टराईलाई सीईओ र प्रभु लाइफलाई अध्यक्षको जिम्मेवारी दिने समझदारी भैसकेको छ । मर्जरबारे संशय उत्पन्न भैरहेका बेला दुबै कम्पनीले संयुक्त क्यालेण्डर प्रकाशित गरेका थिए । मर्जर अघि नै दुबै कम्पनीले कर्मचारीहरुको व्यवस्थापन र व्यवसाय एकिकरणका लागि बिभिन्न स्तरमा संयुक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

मर्जर अघि नै व्यापक छलफल र तयारी गर्ने कम्पनीहरुको अग्रसूचिमा यी कम्पनीहरु पर्छन् । महालक्ष्मी लाइफ जीवन बीमा तर्फ कान्छो कम्पनी हो । महालक्ष्मीले आइपीओ जारी गरेको छैन् ।  प्रभु लाइफले भने आईपीओ पनि जारी गरिसकेको छ । प्रभुले यसपाली १० प्रतिशत लाभांश दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्