Shikhar Insurance
National Life

जल्पा देवी मन्दिरमा सिटिजन्स बैंकको क्यूआर कोड भएको चन्दा बाकस

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १५:२४
Hyundai
NCELL
NIMB

नुवाकोट । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जल्पा देवी मन्दिर लाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।

मिति २०८०।०२।२५ गते एक समारोहका विच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको बिच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत श्री जल्पा देवी मन्दिर लाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जस्मा भौतिक नगद, क्यूआर कोड अथवा फोन पे एप मार्फत मन्दिरमा दान गर्न सकिन्छ ।  सिटिजन्स बैंक परिवार सहित देविघाट शाखाको यस सहयोगको लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्