काठमाडौं । नबिल बैंकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट पाउने छन् ।
बैंकका ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
नबिल बैंकले देशैभर २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्