Shikhar Insurance
National Life

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्युरोबाट अनुसन्धान सुरु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडाैं। केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।

उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्