Shikhar Insurance
National Life

नेप्से परिसूचक ७.२७ अंकले बढ्यो, २ अर्ब ३० करोड काराेबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १६:११
Hyundai
NCELL
NIMB

काठमाडाैं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताकाे अन्तिम दिन आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अंकले उकालो लागेर १ हजार ९३९.६१ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०५ अंकले ओरालो लागेर ३६४.४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा ९ उपसमूहको सेयर मूल्यमा बृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल ५९ लाख ६२ हजार ९३ कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९ सय ३१ रूपैयाँ कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड २६ लाख ८७ हजार ७ सय १३ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख १३ हजार ५ सय ९ रूपैयाँ, शिवम् सिमेन्टको ८ करोड ७० लाख १२ हजार ९ सय २९ रूपैयाँ, हिमालयन एभरेष्टको ८ करोड २८ लाख ५३ हजार रूपैयाँ र नेपाल दूरसञ्चार कम्पनी ८ करोड २२ लाख ३१ हजार १ सय ९१ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी ९.९६, मनकामना स्मार्ट लघुवित्त ८.४८, सानिमा जीआइसी इन्स्योरेन्स ७.३८ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

त्यस्तै रिभर फल्स पावर ६.६४, खप्तड लघुवित्त ३.९४, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड पहिलो ३.८९, सिटिजन म्युचुअल फण्ड ३.७७ र श्वेत गङ्गा हाइड्रोपावरको सेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्