काठमाडौं । सिटिजन्स बैंकको डेपुटी सिईओ पद छाडेका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको सिईओ बनेका छन् । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।
सिटिजन्सको स्थापनाकालदेखि नै आवद्ध देवकोटाले महालक्ष्मीको सीईओ हुने पक्का भएपछि चैत १ गतेदेखि बैंक छाडेका थिए ।
काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका देवकोटासँग बैंकिङ क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्