Shikhar Insurance
National Life

भक्तपुरका दुई ठाउँबाट १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १२:२४
Hyundai
NCELL
NIMB

भक्तपुर । भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार ६ सय रूपैयाँ २५ सुनको विभिन्न गहना र नगद ३१ हजार रूपैयाँ चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट ७ लाख १२ हजार रूपैयाँ बराबरको सुनका गरहगहना र नगद १६ हजार रूपैयाँ नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्