Shikhar Insurance
National Life

ज्योति विकास बैंकद्वारा कार्डलेस क्यास विडरल सेवाको सुरुवात

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओपीटी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको बैंकको भनाइ छ । बैंकको मोबाइल बैकिङ एप ज्योति स्मार्ट तथा वेब ब्राउजर ज्योति स्मार्ट. जेबीबीएल.कम.एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने क्यासलेस विडरल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओपीटी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोही प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगीविरुद्ध सचेत हुन जोड दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्