काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । जसमार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको स्मार्टफोनहरूसँग नयाँ साओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् ।
साथै ग्राहकहरुले रेड्मी 12 5G* खरिद गर्न चाहेमा थप १ हजार रुपैयाँ छुट पनि पाउने छन् । यस पहलका साथ साओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।
ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै साओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, “यो एक्सचेन्ज अफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको ।गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।”
ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्यांकन गर्न सक्नेछन् । नयाँ साओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्यांकन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ ।
अत्याधुनिक छन् कनेक्टिभिटी, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले र प्रभावशाली क्यामेरासहितको रेड्मी 12 5G* खरिदमा एक हजारको विशेष छुटमा ग्राहकहरूले थप सहुलियत प्राप्त गर्नेछन् । साओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्