Shikhar Insurance
National Life

सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २४, बुधबार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्ने भएको छ । त्यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रूपैयाँ दरका जम्मा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १ सय ४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्