Shikhar Insurance
National Life

‘नर्सिङ अवार्ड–२०२३’ बाट वीर अस्पताल अन्कोलोजी विभागकी नर्स लक्ष्मी जोशी सम्मानित

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २४, बुधबार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं। ‘नाइटेंगेल नर्सिङ अवार्ड–२०२३’ बाट वीर अस्पताल अन्कोलोजी वार्डकी नर्स लक्ष्मी जोशी सम्मानित भएकीे छन् । जोशीले नेपालको नर्सिङ पेसामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेसनलले संयुक्त रुपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेसनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेकी हुन् । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन् । उनी विगत २९ वर्षदेखि नर्सिङ पेसामा कार्यरत छिन् । १० जना मनोनीत नर्समध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तर्राष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बिरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुसी व्यक्त गरिन् ।

यसैगरी कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले नर्सहरुको सम्मानमा सञ्चालन गरिएकोे अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफ्नो पेसामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे ।
हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।

कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्